Advertisement

बार्सिलोनाको लगातार दाेस्राे जित


एजेन्सी । बार्सिलोनाले स्पेनिस लिगको शीर्ष क्लब रियल सोसिडाडलाई पराजित गरेको छ ।

बुधबार राति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रियल सोसिडाडले शीर्ष स्थान गुमाएको छ । सोसिडाड तालिकाको दोस्रो स्थानमा झर्दा बार्सिलोना शीर्ष ५ मा उक्लिन सफल भएको छ ।

खेलमा अग्रता पाहुना टोली सोसिडाडले डी सिल्भाको गोलमा लिएको थियो । त्यसको चार मिनेटपछि जोर्डी अल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

पहिलो हाप सकिन तीन मिनेट अघि डी जोङले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाएका थिए । दोस्रो हाफमा थप गोल हुन नसकेपछि खेल बार्सिलोनाले जितेको हो ।

पछिल्ला ५ दिनमा बार्सिलाेनाले घरेलु मैदानमा लगातार दाेस्राे जित निकालेकाे हाे । पछिल्लो समय खराब नजिताले दबाब खेपिरहेको बार्सिलोनालाई सोसिडाडविरुद्धको जितले ठुलो राहत दिएको छ ।

बार्सिलोनाविरुद्धको खेलको अन्तिम समयमा जोसे र अलेक्जेन्डर जेकको प्रहारलाई बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगरले असफल बनाईदिएका थिए ।

बार्सिलोनाले सोसिडाड सहितका शीर्ष क्लबहरु एट्लेटिको मड्रिड, रियल मड्रिडसंग समेत अंक दुरी घटाएको छ । शीर्ष तीन क्लबको समान २६ अंक छ ।

पाँचौ स्थानको बार्सिलोनाले २० अंक जोडेको छ । पछिल्लो नतिजाले सोसिडाडले लिगमा तीन अंकको अग्रता लिने अवसर गुमाएको छ ।

उनले पछिल्ला ६ खेलमा बराबरीको नतिजा आत्मसाथ गरेको थियो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement