Advertisement

काडिजसँग बार्सिलोनाको हार


एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा काडिजसँग बार्सिलोना पराजित भएको छ । २० वर्षपछि बार्सिलोनालाई हराएको काडिजले शनिबार राति भएको खेल २–१ ले जित्यो ।

म्यान्चेष्टर सिटीका फरवार्ड अल्भारो नेगरेडोले दुई गोल गर्दै बार्सिलोनालाई स्तब्ध पारे । ९औँ मिनेटमा गोल गर्दै काडिजलाई सुरुवाती अग्रता दिलाएका अल्भारो जिमेनेजले ६३औँ मिनेटमा पनि गोल गरेका थिए ।

घरेलु टोलीका पेड्रो अल्कालाले आत्मघाति गोल गरेपछि बार्सिलोनाले खेल बराबरी गरेको थियो । तर, बार्सिलोनाको कमजोर डिफेन्सको फाईदा उठाउँदै नेगरेडोले घरेलु टोलीलाई अप्रत्यासित जित दिलाए ।

उसले ला लिगामा बार्सिलोनासंग ४ अंकको अग्रता पनि लिएको छ । बार्सिलोना १४ अंकसहित सातौं स्थानमा छ । काडिज १८ अंकसहित पाँचौ स्थानमा छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement