Advertisement

खुल्ला ब्याडमिन्टन प्रतियोगितामा श्रेष्ठ विजयी


सिन्धुपाल्चाेक । जिल्लास्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताको डबल ओपनतर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ विजयी भएका छन् ।

उहाँहरुले भीमबहादुर तामाङ र ध्रुव थापालाई फाइनलमा हराउँदै प्रथम भएका हुन्।

खाडीचौरमा भएको भेट्रान डबलतर्फ मेलम्चीका नवराज भट्टराई र राजन श्रेष्ठ विजयी भए ।

उहाँहरुले फाइनलमा लालकाजी कार्की र दिनेश थापालाई पराजित गर्दै प्रथम भएका हुन् ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा विजयी हुनेलाई नगद तीस हजार, ट्रफी, दोस्रो हुनेलाई नगद १५ हजार, ट्रफी र सेमिफाइनलसम्मको यात्रा तय गर्नेलाई नगद रू सात हजार पाँच सय प्रदान गरियो ।

विजयीलाई वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले पुरस्कार वितरण गरे ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement