Advertisement

भट्टराईकाे टिप्पणीः ओलीको कुम्भमेला निभ्ने बेलाको बत्ती



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको कुम्भमेला निभ्ने बेलाको बत्ती भएको टिप्पणी गर्नुभएकाे छ ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै भट्टराईले लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्ने बताउनुभएकाे छ ।

भट्टराईले नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्ति पूजाको ककटेलले अन्त: स्टालिन, हिटलर र फासीवाद जन्माउने भएकोले सवैलाई चेतना भया भनेर ट्विट गर्नुभएकाे छ ।

भट्टराई लेख्नुहुन्छ, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो । लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्ति पूजाको ककटेलले अन्त: स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !’

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement