Advertisement

प्रेम सम्बन्ध सफल नभएका कलाकारहरु


ऐजेन्सी । माया एउटासँग विवाह अर्कोसँग भन्ने वित्तिकै जो कोहिलाइ पनि नरमाईलो लाग्छ । सुनेर नबुझेकाहरुले चलचित्रमा हेरेर बुझ्ने प्रयास गरि नै रहेका हुन्छन् । अझ भनौ सुनाई भन्दा आफ्नो भोगाईबाट प्रष्ट बुझ्न सकिन्छ भन्ने भनाई पनि निकै प्रचलित रहेको पाईन्छ  । त्यसैै चलचित्रमा मिलन, बिछोड, हासो र रोदनको अभिनय गर्दा गर्दै आफ्नो वास्तविक जीवनमा पनि त्यस्तै भोगाई रहेका थुप्रै कलाकार रहेको छन्।

बलिउड अभिनेत्री रेखा र अभिनेता अमिताभको प्रेमसम्बन्ध निकै चर्चामा रहेको पाईन्छ । जब अमिताभ र रेखा एक–अर्कासँग नजिक भए, त्योभन्दा अगाडि नै अमिताभले जया भादुडीसँग विवाह गगरिसक्नुभएका थिए । रेखाले अमिताभको नामको सिन्दूरसम्म हालेको किस्सा पनि बलिउडमा हिट रहेको पाईन्छ ।
त्यसैै गरी अर्की बलिउड अभिनेत्री करिश्मा कपुर अजय देवगणसँग गहिरो प्रेममा हुनुहुन्थ्योे। यो जोडी फिल्म ‘जिगर’, ‘धनवान’, ‘संग्राम’, ‘सुहाग’ ‘शक्तिमान’ फिल्ममा देखिएको पाईन्छ । त्यही समय अजय र रविना टन्डनको प्रेमप्रसंग बाहिर आए संगै  करिश्माको प्रेम अधुरै रह्यो । अजय र रविना टन्डन फिल्म दिलवालेबाट नजिक भएका थिए भने उनीहरूको प्रेम पनि सफल भएन ।

त्यस्तै आफ्नो प्रेम सम्बन्ध सफल नभएको अर्को अभिनेत्री हुन् शिल्पा सेट्टीस्शिल्पा सेट्टी । उहाँले १९९३ मा ‘बाजीगर’बाट फिल्मी क्षेत्रमा कदम राख्नु भएको थियोे । फिल्मकै सिलसिलामा उहाँको भेट अक्षय कुमारसँग भयो । दुवै पहिलोपटक ‘मै खिलाडी तु अनाडी’ मा देखिनु भएका थिए । उक्त फिल्म हिट पनि भयो । यसपछि यो सुपरहिट जोडी ‘धड्कन’, ‘जानवर’ र ‘इन्साफ द फाइनल जस्टिस’ मा देखिए । लामो समयसम्म सँगै काम गरेपछि दुवै प्रेममा परे । दुवैले इंगेजमेन्टसम्म गरेका। तर, विवाह भने हुन सकेन ।

अभिनेत्री सोनाली बेन्द्रे पनि अभिनेता सुनील सेट्टीसँग प्रेममा हुनुहुन्थ्यो । यी दुईको भेट १९९४ मा आएको फिल्म ‘टक्कर’ को सुटिङका क्रममा भएको थियो । पछि यो जोडीले ‘गद्दार’, ‘सपूत’, ‘भाइ’, ‘कहर’, ‘हम से बढकर कौन’ र ‘रक्षक’ जस्ता हिट फिल्ममा अभिनय गरेको पाईन्छ । फिल्मी यात्राका क्रममा सोनाली र सुनील प्रेममा परे । दुवैको विवाहको कुरा पनि चलेको थियो । तर, सुनील पहिले नै विवाहित भएको कारणले सोनालीको प्रेम अधुरै रहन पुग्यो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement