Advertisiment

ब्यारेकभित्रै मृत भेटिए दक्षिणकालीका सैनिक जवान अनुज


भक्तपुर । भक्तपुरकाे सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत भेटिएका छन् ।

२३ वर्षीय सैनिक अनुज केसी मृत भेटिएकाे महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिनुभयाे ।

काठमाडौं दक्षिणकाली नगरपालिका-६ स्थायी घर भएका केसीको शव झुण्डिएको अवस्थामा बुधबार फेला परेको प्रहरीले जनाएकाे छ ।

ड्युटीको समयमा नआएपछि खोजी गर्दा ब्यारेकको कम्पाउण्डभित्र रहेको बाथरुममा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।

केसीले बुधबार बिहान १:५५ मिनेटमा परिवारका सदस्यलाई आफ्नो मोबाइलबाट सन्देश पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment