Advertisement

भदौ १८ बाट अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ प्रदर्शन हुने


काठमाडाैं । नायक अनमोल केसी, नायिका सुहाना थापा र नायक सलोन बस्नेतले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ४’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको प्रदर्शन मिति तय गरिएको हो ।

चलचित्रको फस्टलुकमा नायक अनमोल केसी र नायिका सुहाना थापा रोमान्टिक मुडमा देखिएका छन् । सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् ।
यो चलचित्रमा झरना थापा र छेतेन गुरुङको कथा, मन्दिप गौतम, प्रतिक पौडेल र उपकार पाण्डे, झरना थापाा । छेतेन गुरुङको पटकथा तथा संवाद छ ।

चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ । चलचित्रलाई यो बर्षको दशैंमा रिलिज गर्ने तयारी यसको निर्माणपक्षको थियो ।

तर, कोरोना कारण लकडाउन भएपछि चलचित्र यो बर्ष रिलिज हुने सकेन । चलचित्रको करिब १० प्रतिशत छायांकन अझै बाँकी छ । फागुणको २७ गतेबाट चलचित्रको बाँकी छायांकन सुरू गर्ने तयारी गरिएको छ । चलचित्रको प्रदर्शन मिति तीजको छेको पारेर तय गरिएको हो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement