समयमै बजेट ल्याउन नसक्ने १५९ स्थानीय सरकार(सूचीसहित)

पढ्न लाग्ने समय : मिनेट

काठमाडाैँ । देशभरका सात सय ५३ वटा पालिकामध्ये अहिलेसम्म एक सय ५९ पालिकाले बजेट ल्याउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बिहीबारसम्मको अध्यावधिक तथ्याङ्कअनुसार पाँच सय ९४ वटा पालिकाले मात्र बजेट पेस गरेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार पालिकाले असार १० गते नै बजेट ल्याउनुपर्ने प्रावधान छ ।

चालु आर्थिक वर्ष २०७७/७८ का लागि एक सय ५९ पालिकाले अझै बजेट पेश गर्न नसकेका हुन् ।

हरेक पालिकामा वर्षभर हुने चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन, राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट ल्याउनुपर्ने हुन्छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बजेट ल्याएका र ल्याउन नसकेका पालिकाको विवरण यस्तो छ :

सातै प्रदेशकाे विवरण यसप्रकार छ(२०७७ साउन १५ काे विवरण अनुसार)

प्रदेशजम्मा पालिकाबजेट ल्याएका बजेट नल्याएकाबजेट पेश नभएका स्थानीय तह%
१३७११३ २४१७.५%
१३६ ६८६८५०%
वाग्मती११९  ९९२०१६.८%
गण्डकी८५७३१२१४.१%
१०९ १०२६.४%
कर्णाली७९७३७.६%
सुदूरपश्चिम८८६६२२२५%

प्रदेश १ का बजेट नल्याउने पालिका :

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ।

इलामको माई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माईजोगमाई गाउँपालिका ।

सङ्खुवासभाको भोटखोला गाउँपालिका ।

तेह्रथुमको म्याङलुङ नगरपालिका, आठराई गाउँपालिका, छथर गाउँपालिका, मेन्छयायेम गाउँपालिका ।

भोजपुरको भोजपुर नगरपालिका, षडानन्द नगरपालिका ।

धनकुटाको महालक्ष्मी नगरपालिका।

सुनसरीको कोशी गाउँपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका ।

मोरङको बेलबारी नगरपालिका, रङ्गेली नगरपालिका, रतुवामाई नगरपालिका, सुन्दर हरैचा नगरपालिका, बूढीगङ्गा गाउँपालिका ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, माप्य दूधकोशी गाउँपालिका, नेचासल्यान गाउँपालिका, लिखुपिके गाउँपालिका।

प्रदेश २ का बजेट नल्याउने पालिका :

सप्तरीको बोदेबरसाईन नगरपालिका, छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका, महादेवा गाउँपालिका, सप्तकोशी नगरपालिका ।

सिराहाको कल्याणपुर नगरपालिका, मिर्चैया नगरपालिका, सुखीपुर नगरपालिका, अर्नमा गाउँपालिका, औरही गाउँपालिका, कर्जन्हा नगरपालिका, नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका ।

धनुषाको जनकपुर उपमहानगरपालिका, गणेशमान–चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, विदेह नगरपालिका, सबैला नगरपालिका, शहिदनगर नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, मिथिलाविहारी नगरपालिका, मुखियापट्टि मुसहरमिया गाउँपालिका, हंसपुर नगरपालिका, धनौजी गाउँपालिका ।

महोत्तरीको जलेश्वर नगरपालिका, पिपरा गाउँपालिका, महोत्तरी गाउँपालिका, रामगोपालपुर नगरपालिका, साम्सी गाउँपालिका ।

सर्लाहीको ईश्वरपुर नगरपालिका, बलरा नगरपालिका, वाग्मती नगरपालिका, धनकौल गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका, पर्सा गाउँपालिका ।

रौतहटको गरुडा नगरपालिका, राजदेवी नगरपालिका, ईशनाथ नगरपालिका, कटहरीया नगरपालिका, दुर्गाभगवती गाउँपालिका, देवाहीगोनाही नगरपालिका, परोहा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका, राजपुर नगरपालिका, वृन्दावन नगरपालिका, यमुनामाई गाउँपालिका ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका,  फेटा गाउँपालिका, बारागढी गाउँपालिका, विश्रामपुर गाउँपालिका ।

पर्साको पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका, धोबीनी गाउँपालिका, पकाहा मैनपुर गाउँपालिका, बिन्दबासिनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, ठोरी गाउँपालिका, कालिकामाई गाउँपालिका, जिराभवानी गाउँपालिका ।

वाग्मती प्रदेशः

वाग्मती प्रदेशमा काठमाण्डौ उपत्यकाभित्रका पाँचसहित २० वटा पालिकाले बजेट ल्याउन असफल भएका छन् । ती पालिकाहरु यस प्रकार छन् :

काठमाडाैंको दक्षिणकाली नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, शङ्खरापुर नगरपालिका ।

भक्तपुरको भक्तपुर नगरपालिका, मध्यपुरथिमी नगरपालिका ।

रामेछापको मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका,

रसुवाको आमाछोदिङमो गाउँपालिका ।

धादिङको खनियाबास गाउँपालिका, गजुरी गाउँपालिका ।

नुवाकोटको ककनी गाउँपालिका ।

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका, चौंरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, भुम्लु गाउँपालिका ।

मकवानपुरको बकैया गाउँपालिका, बाग्मती गाउँपालिका, भीमफेदी गाउँपालिका ।

चितवनको रत्ननगर नगरपालिका ।

गण्डकी प्रदेश:

कास्कीको पोखरा महानगरपालिका ।

स्याङजाको हरिनास गाउँपालिका ।

तनहुँको ऋषिङ्ग गाउँपालिका, बन्दिपुर गाउँपालिका ।

गोरखाको गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, भिमसेनथापा गाउँपालिका ।

लमजुङको सुन्दरबजार नगरपालिका ।

बाग्लुङको गल्कोट नगरपालिका, तमानखोला गाउँपालिका ।

मुस्ताङ को लोमन्थाङ गाउँपालिका ।

म्याग्दीको धवलागिरी गाउँपालिका  ।

प्रदेश ५ः

सुस्ता गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ।

पाल्पाको रामपुर नगरपालिका ।

गुल्मीको सत्यवती गाउँपालिका ।

बर्दियाको गुलरिया नगरपालिका ।

कर्णाली प्रदेशः

डोल्पाको ठूलीभेरी नगरपालिका र मुड्केचुला गाउँपालिका ।

कालिकोटको महावै गाउँपालिका र सान्नी त्रिवेणी गाउँपालिका ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ।

सल्यानको बनगाँड कुपिण्डे नगरपालिका,  छत्रेश्वरी गाउँपालिका ।

सुदूरपश्चिम प्रदेशः

बझाङको  बुंगल नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, तालकोट गाँउपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका, मष्टा गाउँपालिका, सूर्मा गाउँपालिका ।

कैलालीको लम्किचुहा नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, मोहन्याल गाउँपालिका ।

डोटीको आदर्श गाउँपालिका, बडीकेदार गाउँपालिका ।

अछामको बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका ।

बाजुराको बुढीगंगा नगरपालिका ।

दार्चुलाको महाकाली नगरपालिका ।

बैतडीको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका ।

बजेट पारित नहुँदा खर्च गर्नै समस्या

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार प्रत्येक पालिकाले असार १० मा बजेट ल्याउनुपर्ने हाे तर त्यसाे हुन सकेन । आ–आफ्ना सभाबाट असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार धेरै पालिकाहरू चल्न सकेनन् । कतिले काेराेना मूख्य समस्याका रूपमा लिए त केही पालिकाकाे दलीय भागबण्डामै किचलाे रह्याे । अझै पनि केही पालिका गृहकार्यमै रहेकाे भन्दै बजेट पेश गर्न बिलम्ब गरिरहेका छन् । बजेट पारित नहुँदा खर्च गर्न समस्या देखिएकाे छ ।