ज्यानको मूल्य ५ लाख ?

पढ्न लाग्ने समय : मिनेट

पजेरो (झण्डावाला) अघि सफा टेम्पोको के काम ?
दौरा, सुरुवाल, कोट, पाइन्ट र बनारसी धोती,
कुर्ताको अघि १५० रुपैयाँ पर्ने कमिजको के काम ?

हेलिकप्टर र प्लेनको अघि तराईको बयलगाडा के काम ?
पानीजहाजको अघि बाँसले बनेको डुंगाको के काम ?

खसीको फिला, कुखुराको फिला, सुकुटी, बर्गर,
चाइनिज खाना, इटालियन खाना अघि
बिहान नि दाल भात बेलुका नि दाल भातको के काम ?

युरोप अमेरिकाको उपचार र अस्पताल अघि
ढुंग्रेखोला स्वास्थ्य चौकीको के काम ?

छोराछोरीलाई युरोप अमेरिकाको शिक्षाको अघि
थिङ्टोलको सरकारी स्कुलको के काम ?

आनाकै करोड पर्ने ५ तल्ला १० तल्ला घरको अघि
सोल्टि बजार पूर्व पर्ने सदा, मण्डल, चमारको बासँको टाटीले बनेको,
खरको छाना भएको, बाहिर भित्र छ्याङ्–छ्याङ् देख्ने

४ फिट अग्लो झुप्रोको के काम?

तिम्रा जस्तै अनुहार, छाला गहुँगोरो, कालो पटक्कै नभएको, पढेलेखेको, जागिरे, अधिकारको लागी लड्न सक्ने, बोल्न सक्ने, भाषा बोल्न जान्ने, नाता गोता भएको, पावर भएको नागरिकहरुको अघि राजु सदाहरु जस्ता नागरिकको के काम?

सासनै तिम्रा थुक्न मन लाग्ने सिस्टमले लगेसी त्यो ५ लाखको के काम?

ज्यानको मुल्य ५ लाखले आउछ?

तिम्रा घरका सदस्य जीवनजल खाना नपाएर मर्नु पर्ने दिन आएमा ५ लाख संग सौदा गर्थ्यौ?

तिम्रा छोराछोरी सिटामोल खाना नपाएर तड्पिएर, छट्पटिएर तिम्रै आँखा अघि प्राण त्याग्दा ५ लाख संग सौदा गर्थ्यौ?

जवाफ देउ छिटो नभए तिमीलाई बोर्डर पार गरी जान कसैले रोक्दैन न कि धतुरो दलेर जोगी बनेर राँची जान कसैले नि रोकेको छ।