
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३३ रुपैयाँ ५ पैसा र बिक्री दर १३३ रुपैयाँ र ६५ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १४५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४६ रुपैयाँ १ पैसा , पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ र ६७ पैसा बिक्रीदर १६६ रुपैयाँ ६२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १७ पैसा र बिक्री दर ८७ रुपैयाँ ५६ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९ रुपैयाँ १ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।