
मुलुकमा धेरै राजनीतिक दल आवश्यक छैनः महासचिव पोखरेल
देउखुरी । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशमा धेरै राजनीतिक दल आवश्यक नभएको बताउनुभएकाे छ ।
एमाले जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले राष्ट्रले आर्थिक उन्नतिको बाटोमा डोर्याउने सबल राजनीति दल खोजेको बताउनुभयाे ।
एक फरक प्रसंगमा उहाँले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गर्नुभयाे । अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने उहाँको तर्क थियो । दशैं पारिवारिक मिलन र सद्भाव बढाउने पर्व भएकाले संस्कृति–परम्पराको जगेर्ना गर्नु सबै नेपालीको दायित्व भएको महासचिव पोखरेलले बताउनुभयाे । शहर र गाउँलाई दशैंले जोडेको उहाँले उल्लेख गर्नुभयाे ।