मृतकहरूको पहिचान गर्न ठुलो मिहिनेत गर्दै इजरायलका फरेन्सिक विशेषज्ञ
तेल अभिभ । झण्डै ३०० शवको दृश्य-र गन्ध । इजरायलको नेशनल सेन्टर अफ फोरेन्सिक मेडिसिनका विशेषज्ञहरू/कर्मचारीहरू पहिलेभन्दा धेरै मेहनत गरिरहेका छन् ।
यहाँका विज्ञहरूले डीएनए परीक्षण र अन्य माध्यमबाट शवहरू पहिचान गर्ने निकै प्रयास गरिरहेका छन्-केही यति नराम्ररी बिग्रेका छन् कि हड्डीका टुक्राहरूबाहेक केही बाँकी छैन।
मानवविज्ञहरूको टोलीले उनीहरूलाई छुट्याइरहेको छ, हमासको आतंककारी हमला अघि उनीहरूको थिए भनेर निर्धारण गर्ने आशामा ।
एउटा कोठामा, अमेरिकी फोरेन्सिक स्वयंसेवकहरूको टोलीले एउटी महिलाको शरीर कस्तो देखिन्छ भनेर ध्यानपूर्वक जाँच गरिरहेको देखियो । बाहिर, कालो झोलामा एक दर्जन भन्दा बढी शव सीटी मेसिनमा स्क्यान गर्न लाइनमा छन् ।
हामीलाई आज जानकारी गराइए अनुसार इजरायलसँग देशमा केवल सात फोरेन्सिक विज्ञ(भौतिक प्रमाणको वैज्ञानिक परिक्षण विज्ञ) मात्र छन्, त्यसकारण चार अमेरिकी विज्ञ टोलीसहित विभिन्न देशबाट स्वयंसेवकहरू मद्धत गर्न आएका छन् ।
हामीलाई अज्ञात व्यक्तिको जलेको अवशेषको तस्विर देखाइयाे, त्यसपछि ती अवशेषहरूको सीटी स्क्यान ।
सेन्टर अफ फोरेन्सिक मेडिसिनका प्रमुख डा. चेन कुगेलले दुई जना मानिसलाई निधन हुँदासम्मसँगै अंगालिएकाे देख्दा यसाे बताउँछन्: एक वयस्क व्यक्तिले सानो बच्चालाई अँगालो हाल्दै, दुईजना कुनै न कुनै रूपमा बाँधिएका थिए । दुबै आगोले भत्किएको सुरक्षित कोठामा फेला परेका थिए ।