
साइबर ब्यूराेकाे प्रेस विज्ञप्तिः नेपाल प्रहरी
काठमाडाैं । नेपाल प्रहरीको साइबर ब्यूरोले हाल प्रशारण भइरहेका अनावश्यक साम्प्रदायिक हिंसा र द्वन्द्व भड्काउने खालका समाचार सामाग्री तथा भिडियोहरू सार्वजनिक नगर्न आग्रहसहितको सर्कुलर जारी गरेको छ ।
पछिल्ला दिनहरूमा धार्मिक अतिवादका प्रदर्शनहरू, नेता, कार्यकर्ता तथा अन्य धर्मकाहरूको विरुद्धमा बनाइएका भिडियोहरू र फेक समाचारहरू, जसले साम्प्रदायिक र धार्मिक उच्छृङ्खलता बढाई समाजमा अप्रिय घटना हुन सक्ने प्रबल सम्भावनाहरू बढिरहेकोले साइबर ब्यूरोले सबैलाई आत्मसंयमी बन्न र अनधिकृत किसिमका सामाग्री प्रशारण नगर्न आग्रहहित सर्कुलर जारी गरेको छ ।
किनकि, अहिलेको सामाजिक सञ्जालमा जातीय छुवाछुत, जातीय भेदभाव तथा श्रमको अवहेलना हुने खालका सामाग्रीहरू प्रशारण भइरहेकोले सामाजिक संजाल वा मिडियाको दुरूयोगले शान्तिसुरक्षामा चुनौति आउने ब्यूरोको सर्कुलर छ ।

यदि यस सर्कुलरको अवाज्ञा गरेको पाइएमा, कानुनी कारवाहीसमेत गरिने चेतावनीसहित सर्कुलर जारी गरेको हो । यस सकुर्लरकाे सम्मान गर्दै सामाजिक सद्भाव जोगाउनु हामी सबैकाे कर्तव्य हो ।