
श्री निलकण्ठेश्वर आवासीय माविकाे ६१औँ वार्षिक उत्सव तथा ३१औं अभिभावक दिवस सम्पन्न
नयाँ सञ्चार, काठमाडाैं । श्री निलकण्ठेश्वर आवासीय माविकाे ६१औँ वार्षिक उत्सव तथा ३१औं अभिभावक दिवस २०७९ साल माघ १४ गतेका दिन गाैरीशंकर गाउँपालिकाकाे जुँगु, दाेलखामा विभिन्न कार्यक्रमकासाथ सुसम्पन्न भएकाे छ ।
त्यस विद्यालयका तात्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिवक्ता श्री केदारबहादुर खड्काकाे सभापतित्व तथा दोलखाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य गंगा कार्की विश्वकाे प्रमुख आतिथ्यमा समुद्घाटित उक्त कार्यक्रममा दाेलखाकाे जिल्लास्तरीय शिक्षा कार्यालय, विभिन्न छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, वुद्धिजीवि, जुँगु गाउँपालिकाका अध्यक्ष लगायतकाे बाक्लाे उपस्थिति थियाे ।
दोलखाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य गंगा कार्की विश्वले विद्यालयहरूले शैक्षिक गुणस्तरमा ध्यान दिन अपील गर्नुभएको छ । निर्वाचनको समयमा आफूले चारवटा एजेण्डा मात्रै लिएर जनताको बीचमा गएको स्मरण गर्दै शिक्षामा व्यापक सुधार आफ्नो पहिलो प्राथमिकता रहेको सांसद कार्कीले बताउनुभयो ।
दोलखाभरिकै समग्र विद्यालय र शैक्षिक संस्थाहरूको सुधारमा ध्यानदिन निर्देशन
शनिबार दोलखास्थित जुँगुको श्री नीलकण्ठेश्वर आवासीय माध्यमिक विद्यालयको ६१औँ वार्षिक उत्सव तथा ३१औं अभिभावक दिवसलाई सम्बोधन गर्दै उहाँले जुँगुको मात्रै नभई दोलखाभरिकै समग्र विद्यालय र शैक्षिक संस्थाहरूको सुधारमा ध्यानदिन निर्देशन दिनुभएको हो ।
यस्तै, स्वास्थ्य क्षेत्र, भौतिक संरचना निर्माण, रोजगारी सिर्जना, वैदेशिक रोजगारीमा गएकालाई फर्काउने अभियानका विषय आफ्नो कार्यकालमा प्राथमिकतामा पर्ने बताउनुभयो । सांसद कार्की त्यहाँस्थित स्वास्थ्य संस्था उद्घाटन, एम्बुलेन्स हस्तान्तरण लगायतको कार्यक्रममा जुँगु आइपुग्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका अधिवक्ता केदार खड्काले विद्यालयको भौतिक संरचना निर्माण, व्यवस्थापकीय पक्ष र विद्यालयको शैक्षिक गुणस्तरको सवालमा सबैले मिहिनेत गरिरहेको बताउनुभयो । उहाँले विद्यालयलाई सहयोग गर्ने तीनै तहका सरकारसंगै विभिन्न संघ संस्थाहरूलाई धन्यावाद दिनुभयो र निरन्तर सहकार्यको अपेक्षा विद्यालयले गरेको जानकारी दिनुभयो । यदि तपाईं खेल्ने ठाउँ खोज्दै हुनुहुन्छ भने, हामी तपाईंलाई รูเล็ตออนไลน์ भ्रमण गर्न सल्लाह दिन्छौं।
र त्यहाँ खेल्नुहोस्।
विद्यालयको भौतिक संरचना निर्माणका लागि गौरीशंकर गाउँपालिकाले ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको पालिका अध्यक्ष विश्वास कार्कीले बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो ।