
इजरायली दूतावासमा खटिएका नेपाल प्रहरीलाई सम्मान
मिका विसंख्य, काठमाडौं । काठमाडौंस्थित इजरायली दूतावासले संयुक्त सुरक्षा अभ्याससहित सबल सुरक्षा प्रदान गरेकोमा दूतावासमा खटिएका नेपाल प्रहरीलाई प्रशंसा पत्र प्रदान गरेको छ ।
सो अवसरमा दुई संस्थाबीचको सम्बन्धलाई सुमधुर बनाउन दूतावासले काठमाडौंको ट्यापआउट फिटनेसमा संयुक्त अभ्यास तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।कार्यक्रममा दूतावासका प्रतिनिधिहरूले दूतावासमा हुने दैनिक गतिविधिहरूमा संलग्न व्यक्तिहरूको उच्चस्तरीय कार्यसम्पादनको खुलेर प्रशंसा गर्नुभयाे ।
सन् १९६० जुन १ मा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै राष्ट्रले कृषि, शिक्षा, स्वास्थ्य, सुरक्षा प्रणालीलगायतका विभिन्न क्षेत्रमा आपसी हितका विभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको दूतावासले जनाएको छ ।
दूतावासले नेपाल प्रहरीको अथक सहयोग र उनीहरूको महान् कार्यले ठूलो परिवर्तन ल्याएको र सुरक्षालाई समेत सहज बनाएकोमा कृतज्ञता प्रकट गरेको छ ।
दूतावासले जारी गरेकाे प्रेस विज्ञप्तिः