
यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमयदर
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ३८ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १३० रुपैयाँ ५८ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५० रुपैयाँ ४२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९१ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८ रुपैयाँ ९६ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा रहेको छ ।