
मेयर शाहलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
काठमाडाैं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे स्पष्टीकरण सोधेको हाे ।
इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्वीर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उहाँको त्यस पार्टीसँग सम्लग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टीकरण मागेको हो । आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टीकरण दिन मेयर साहलाई निर्देशन दिएको छ ।