
थपिए १६ जना नयाँ कोरोना संक्रमित, सक्रिय संक्रमितको सङ्ख्या ५६२ पुग्यो
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिएसँगै सक्रियको संक्रमितको सङ्ख्या ५६२ पुगेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार २७६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १९ तथा एन्टीजेन विधिबाट ६ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप १७ जना निको पनि भएका छन् । नेपालमा महामारी सुरू भए यता १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।