
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४७ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ १४ पैसा र बिक्रीदर ८३ रुपैयाँ ५१ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८ रुपैयाँ ९६ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा रहेको छ ।