
इजरायल निर्वाचनः मत गणना अन्तिम चरणमा, नेतान्याहु ‘ठूलो जित’ तर्फ
जेरूशलेम । इजरायलमा मंगलबार सम्पन्न आम निर्वाचनमा बेन्जामिन नेतान्याहू नेतृत्वकाे दक्षिणपन्थी लिकुड पार्टीको विजय निश्चित बनेकाे छ। ९७ प्रतिशत मतगणना भइसक्दा नेतान्याहूकाे पार्टी स्पष्ट बहुमततर्फ अग्रसर देखिएकाे छ । यता, वामपन्थीमेरेट्ज पार्टी हाललाई थ्रेसहोल्ड पार गर्नबाट टाढा छ।
इजरायलको निर्वाचन सम्बन्धी केन्द्रीय कमिटीले हालसम्म ४ लाख १०१ हजार ७६६ मत गणना गरेको र २४ हजार ३०६ बदर भएको जनाएकाे छ ।
हालको गणनाको आधारमा, नेतान्याहूको समूहले ६५ सिट लिने देखिएकाे छ । यद्यपि यो संख्या परिवर्तन हुन सक्छ । मतदानमा सहभागी सैनिकहरू, कैदीहरू र कूटनीतिज्ञहरूकाे मतपत्रहरू समावेश गरी ५ लाखबढी “डबल खामहरू” समावेश छन्।
हाल, लिकुडसँग ३१; यश अतिद २४; धार्मिक जायोनिज्म, १४; राष्ट्रिय एकता, १२; शास, १२; संयुक्त टोरा यहूदी धर्म, ८; इजरायल बेटेनु, ५; राम, ५; हदश-ताल ५ र श्रमिक ४ छन् ।
मत सर्वेक्षणका अनुसार नेतान्याहुको पक्षका लागि ६२ सिट प्राप्त हुने प्रक्षेपण गरेको छ, जुन बहुमत प्राप्त गर्न र १२० सिटको संसदमा गठबन्धन गर्न पर्याप्त छ ।
वामपन्थी मेरेट्ज पार्टीसँग भने हाल नेसेट प्रतिनिधित जित्न आवश्यक न्यूनतम ३.२५ प्रतिशत थ्रेसहाेल्डमा जम्मा ३.२% छ ।
विपक्षी अरब बलाद पार्टी पनि कुल मतको ३.०४% ल्याएर थ्रेसहोल्डमा छ।
एक्जिट पोलमा चार सिट जित्ने अनुमान गरिएको इस्लामी रआम पार्टी हालको मतगणना अनुसार ४.३३% मा चुनावी थ्रेसहोल्डमा छ, हदस-तलाल ३.९१% छ।
यदि बालाड वा मेरेट्ज नेसेट प्रतिनिधित्व जित्न असफल भए भने यसले नेतान्याहुको गठबन्धन बनाउने सम्भावनालाई बढावा दिनेछ ।
“धन्यवाद,” नेतान्याहुले मङ्गलवार राती चुनावी उत्सवकाे केही मिनेटअघि ट्वीट गर्नुभएकाे थियाे। “तपाईँहरूले दक्षिणपन्थी र मेरो नेतृत्वको लिकुडलाई ठूलो जित दिनुभयो। अहिलेसम्म लिकुड सबैभन्दा ठूलो पार्टी हो।”
“धेरै इजरायलीहरू दक्षिणपन्थी रहेको र उनीहरू एउटा स्थायी र सशक्त दक्षिणपन्थी सरकार चाहन्छन् भन्ने स्पष्ट छ,” उहाँले चुनावी सभामा भन्नुभयाे।