
आजको विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति ?
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ २ पैसा र बिक्री दर १३२ रुपैयाँ ६२ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १३१ रुपैयाँ ७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ १२ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५१ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९ रुपैयाँ १ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८ पैसा रहेको छ ।