
यस्ता छन् एमालेको घोषणापत्रमा उल्लेख भएका २० ग्यारेन्टी
काठमाडाैं । नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गर्नुभएकाे हाे ।
घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।
जसमा चार संकल्प सुशासन, विकास सम्मृद्धि र समानता रहेका छन् । घोषणापत्रमार्फत एमालेले आगामी पाँच वर्षमा पार्टीले गर्ने कामबारे २० बुँदामा ग्यारेन्टी दिएको छ ।
यस्ता छन् एमालेका २० ग्यारेन्टी :
१. पहिलो सेसन : समृद्धि अधिवेशन
२. नागरिकलाई मात्र नागरिकता
३. हंगर नो : लंगर
४. उत्पादन स्वदेशी : बजार विदेशी
५. सुरक्षित छाना: पुग्छ सवैको चाहना
६. कमाई : युवाको रोजाइ
७. पढाइ : भविष्यको जग बसाई
८. प्रेसर-सुगर : भइन्न बिरामी औषधी बेगर
९. फ्रि मिटर : १० हजार लिटर
१०. फ्रि युनिट : ५० युनिट
११. खेतबारीम पानी : खाडीमा होइन स्वदेशमै जवानी
१२. दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार
१३. भूमिगत तार : सहर बजार
१४. नो लाइन : सेवा अनलाइन
१५. ५ लाख रोजगार : न्यूनतम ज्याला २५ हजार
१६. समृद्धिसँगको नाता : सवैको बैंक खाता
१७. स्वस्थ महिनाबारी : १५ सय वर्षभरी
१८. फाइभ जी संचार : आइटीमा चमत्कार
१९. हामी सामाजिक : सभ्य नागरिक
२०. हाम्रो अर्थ : १०० खर्ब