इजरायलमा चार वर्षमा पाँचौँ पटक आम निर्वाचन आज
जेरुशलेम । इजरायलमा आज आम निर्वाचनमा हुँदैछ । २५ औं संसद चयन गर्न मंगलबार देशभर मतदान केन्द्रहरूमा नागरिक भेला हुन थालेका छन् । केहीबेर अघिबाट मतदान सुरु भएको छ । चार वर्षभन्दा कम अवधिमा इजरायलमा पाँचौ पटक निर्वाचन भैरहेको हो ।
राष्ट्रपति इसाक हेर्जोग र उहाँको पत्नीले जेरुशलेमस्थित चार्ल्स ए. स्मिथ स्कूल अफ आर्ट्समा रहेको मतदान केन्द्रमा आएर मतदान गर्नु भए पश्चात औपचारिक रुपमा मतदान सुरु भएको छ ।
सरकार गठनको अभियानमा अग्रपंक्तिमा रहेका पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहु, उहाँको लिकुड पार्टी र यसका दक्षिणपन्थी साझेदारहरू र वर्तमान कार्यवाहक प्रधानमन्त्री यायर लापिड, उहाँको केन्द्रवादी येश एटिड पार्टी र यसका विभिन्न सहयोगी दलहरू आ आफ्नो ढंगले एकजुट भएका छन् ।
मत सर्वेक्षणहरूले संसदको दुई बलिया पक्षबीच कडा प्रतिस्पर्धाको हुने देखाएको छ, थप गतिरोध कायम रहने स्पष्ट सम्भावना देखिएको छ ।