
बेरोजगार युवाको संख्या १ लाख ३३ ले वृद्धि
काठमाडौं । चालू आवको ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत दर्ता भएका बेरोजगार युवाको संख्या १ लाख ३३ ले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको सोही अवधिमा वेरोजगार युवाको संख्या ७ लाख ८ हजार २४५ बाट वृद्धि भएर ८ लाख ४१ हजार ६६० पुगेको हो ।
आर्थिक वर्ष २०७७र०७८ मा न्यूनतम रोजगार कार्यक्रममा सहभागी हुन ७ लाख ५२ हजार ४५० जना बेरोजगार व्यक्तिको सूचीकरण भएको र तीमध्ये २ लाख बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूति गरिने राष्ट्रिय लक्ष्य तोकिएको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भुसालले कार्यक्रमको लक्ष्य रोजगारी सृजनासँगै बेरोजगारको खोजी गरी सूचीकरण गर्ने भएकाले पछिल्लो समय स्थानीय तहसँग मिलेर बेरोजगारको खोजीलाई प्रभावकारी बनाएपछि संख्या बढेको बताए ।
बेरोजगारको संख्या वृद्धिसँगै सबैलाई रोजगारी उपलब्ध गराउन नसक्नु कमजोरी भए पनि सूचीकृत हुने र रोजगारी माग गर्ने चेतना बढ्नु सकारात्मक हो, उपसचिव भुसालले भने, पछिल्लो समय स्थानीय तहले पनि रोजगार कार्यक्रमलाई प्राथमिकता दिएका कारण भविष्यमा रोजगारी पाउनेको संख्या समेत बढ्न सक्छ ।
आजको कारोबार दैनिकबाट