
आजको विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री ?
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ६९ पैसा र बिक्री दर १३२ रुपैयाँ २९ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १३२ रुपैयाँ १८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७८ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८५ रुपैयाँ २९ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ४ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।