
आयोगले समानुपातिकतर्फ बन्दसूचीका ५५० जनाको नाम हटायो
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीबाट ५५० जनाको नाम आयोगले हटाएको छ ।
आयोगले निर्वाचन कानून तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको जनाएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि दलहरु पेस गरेको बन्दसूचीमा नाम भएका ६ हजार ४५७ जना उमेदवारहरुमध्ये उनीहरुको नाम बन्दसूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ ।