
मेसेजिङ एप ‘ह्वाट्स एप’ मा समस्या
एजेन्सी । मेसेजिङ एप ‘ह्वाट्स एप’ मा समस्या देखिएको छ । मेसेजिङ एप ‘ह्वाट्स एप’ मा समस्या देखिएपछि विश्वभरका मानिसहरु ट्विटरमा आफ्नो गुनासो पोखिरहेका छन् । यसका प्रयोगकर्ताहरूलाई सन्देश पठाउन समस्या देखिएको हो ।
ह्वाट्स एपको प्यारेन्ट कम्पनी मेटाका प्रवक्ताले भने, ‘हामीलाई केही प्रयोगकर्ताहरूले ह्वाटस् एपबाट मेसेज गर्न समस्या भइरहेको जानकारी छ र हामी यो समस्या समाधान गर्ने प्रयास गरिरहेका छौँ । हामी चाँडोभन्दा चाँडो यो समस्या समाधान गर्ने कोसिस गरिरहेका छौँ ।’
ऐपको व्यक्तिगत र सामुहिक च्याट दुवैमा समस्या देखिएको छ । डाउन डिटेक्टर वेबसाइटका अनुसार हजारौँ प्रयोगकर्ताहरुले यो समस्या भोगिरहेका छन् ।
फेसबुकका विश्वभर २.८५ बिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू छन् । जहाँ ह्वाट्सएपका २ अर्ब र इन्स्टाग्रामका १ अर्ब ३८ करोड प्रयोगकर्ता छन् ।