
३१ महिनामा सक्नुपर्ने नलगाडको डिपीआर ६ वर्षसम्म अधुरै
काठमाडौं । ३१ महिनाभित्र डिपीआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरू गरिए पनि वर्ष बित्दासम्म काम पूरा हुन सकेको छैन ।
सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपीआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी, अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक), एमडब्लुएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो ।
पटकपटक म्याद थप्दा पनि डिपीआरको काम पूरा नभएपछि जाजरकोटका स्थानीय बासिन्दा आक्रोशित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।
विद्युत् उत्पादनगृहमा माटो जाँचका लागि खनिएको सुरुङको काम बीचबीचमा छोड्दै निर्माण गर्दा ढिला भइरहेको छ । अब ३ सय ५५ मिटर सुरुङमध्ये अहिलेसम्म ३ सय ५२ मिटर मात्र खनेको र बाँकी एक हप्ताभित्र पूरा हुने नलगाड जलविद्युत् आयोजनाका इन्जिनियर पदम थापाले बताए ।
आयोजनको वातावरणीय प्रभाव मूल्याङ्कन वन मन्त्रालयमा पुगेर अध्ययन भइरहेको थापाले बताए ।
आजको कारोबार दैनिकबाट