
आज एमाले अध्यक्ष ओलीले १ लाख ७१ हजार भन्दा बढीसँग टेलिफोन संवाद गर्दै
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज १ लाख ७१ हजार ७८३ जनासँग टेलिफोन संवाद गर्नुहुने भएकाे छ । आफ्नो फेसबुक पेज मार्फत सर्वसाधारणसँग संवादका लागि मोबाइल नम्बर आह्वान गर्नुभएकाे उहाँले आज आफैंले फोन गरेर संवाद गर्नुहुने भएकाे छ ।
बुधबार फेसबुक पेज मार्फत संवादका लागि मोबाइल नम्बर माग्नुभएकाे ओलीले बिहीबार लेख्नुभयाे- ‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ । यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद ।
‘धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । भोलि हाम्रो कुराकानी हुनेछ । हामी तयार छौं नि ? यो उत्साहपूर्ण सहभागिताले खुसी छु ।’ उहाँले थप लेख्नुभएकाे छ ।