
अमेरिकी डलर इतिहासकै महंगो, आज कुन देशको मुद्राको नेपाली मूल्य कति ?
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ५४ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३० रुपैयाँ २४ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४९ रुपैयाँ १९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८३ रुपैयाँ ७३ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८ रुपैयाँ ९० पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।