
नेपालमा ५.९ म्याग्नेच्युटको भूकम्प, केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल-चीन सीमाना
काठमाडौं । बुधवार सिन्धुपाल्चोक जिल्लाको नेपाल-चीन सीमाना केन्द्रविन्दु भएर ५.९ म्याग्नेच्युटको भूकम्प गएको छ । आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक नजिक नेपाल-चीन सिमाना आसपास केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरु धादिङ, गोरखा, चितवन, काभ्रेपलान्चोकमा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।