
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ ८ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२९ रुपैयाँ १५ पैसा र बिक्रीदर १२९ रुपैयाँ ७४ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४८ रुपैयाँ २० पैसा र बिक्रीदर १४८ रुपैयाँ ८८ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८३ रुपैयाँ १५ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा रहेको छ ।