
थपिए आज ४६ जना कोरोना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४२ एन्टीजेन परिक्षण गर्दा ४ गरी जम्मा ४६ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १७ जना कोरोनामुक्त भएका छन् भने यस अवधिमा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १८ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ५१० जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ७० हजार ९९४ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ७३६ जना रहेका छन् ।