
सुनकाे मूल्यमा सामान्य वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९३ हजार ४ सय रूपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज बढेकाे छ । आज चाँदीको मूल्य १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।