
आजको विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री ?
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ७ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२८ रुपैयाँ २२ पैसा र बिक्रीदर १२८ रुपैयाँ ८१ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ १५ पैसा र बिक्रीदर ८२ रुपैयाँ ५२ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८७ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।