
सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक विदा
काठमाडाैं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले कार्त्तिक १ गते भोलि (मंगलबार) सार्जजनिक बिदा दिने भएको छ । गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै मंगलबार बिदा दिने निर्णय गरेको छ ।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरुमा मंगलबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धीत सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।’