
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ७ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२८ रुपैयाँ ८० पैसा र बिक्रीदर १२८ रुपैयाँ ३९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५४ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८१ रुपैयाँ ८४ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८८ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १० पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।