
गठबन्धनका शीर्ष नेताले काठमाडौंमा आज प्रशिक्षण दिंदै
काठमाडौं । सत्तारुढ गठबन्धनले आज काठमाडौंमा संयुक्त राजनीतिक प्रशिक्षण दिने भएको छ । आज दिउँसो १ बजे भक्तपुर काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा संयुक्त प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।
कार्यक्रममा सत्ता गठबन्धनमा आबद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ ।