
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । जोशीको आज विहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा निधन भएको हो ।
उहाँलाइ मुटु र प्रोष्टेटको समस्या थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ असोज ७ गते किष्ट अस्पतालमा भर्ना हुनुभएकाे थियाे ।
रगत परीक्षणको क्रममा उहाँमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको सुरूकाे दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।