
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ७ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७३ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४९ रुपैयाँ १ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८३ रुपैयाँ २७ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।