
स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह एमालेबाट निष्कासित
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश सहइन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ । रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेले शुक्रबार साहलाई पार्टीबाट निष्कासन गरेको हो ।
महासचिव शंकर पोखरेलले परिपत्र जारी गर्दै पार्टीबाट निष्कासन गरेको जनाइएको छ । साहले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिनुभएकाे हाे । एमालेबाट ‘विद्रोह’ गरेका साहलाई सत्ता गठबन्धनले समर्थन गर्नेसमेत निर्णय गरिसकेको छ ।
रौतहट जिल्ला इन्चार्ज उपेन्द्र शाह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको परिपत्रमा उल्लेख गरीएको छ ।