
सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९४ हजार १ सय रूपैयाँ कारोबार भईरहेको हाे । आज तेजावी सुन प्रतितोलामा ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदीको मूल्य १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।