
आजको विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री ?
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ १ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२७ रुपैयाँ ७० पैसा र बिक्रीदर १२८ रुपैयाँ २९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३४ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८२ रुपैयाँ ६९ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९ रुपैयाँ १ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९ पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको छ ।