
दक्षिण कोरियामा अहिले पनि दैनिक तीस हजार भन्दा बढी कोरोना संक्रमित
काठमाडौं । दक्षिण कोरियामा अहिले पनि दैनिक ३० हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित देखिने गरेका अधिकारीहरुले जनाएका छन् । यहाँ मङ्गलबार मध्यरातिको तथ्याङ्कअनुसार ३० हजार पाँच सय ३५ जनामा संक्रमण देखिएको हो ।
अघिल्लो २४ घन्टामा यहाँ त्यो सङ्ख्यामा संक्रमित देखिएका यहाँका स्वास्थ्य अधिकारीहरुले समाचारमा जनाएका छन् ।यहाँ अघिल्लो दिन अर्थात् सोमबारका तुलनामा १५ हजार भन्दा बढी संक्रमित थपिएका हुन् । तर अघिल्लो हप्ता यहाँ ३४ हजार भन्दा बढी संक्रमित देखिने गरेकामा एक दिनमा थपिएकामा त्यो भन्दा कम देखिएको बताइएको छ ।
गत हप्ता यहाँ दैनिक २० हजारको हाराहारीमा संक्रमितहरु देखिने गरेका थिए । त्यसका तुलनामा अहिले पुनः संक्रमितहरु बढ्न थालेका पनि स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
यहाँ पछिल्ला दुई दिनमा १५ जना संक्रमितको ज्यान गएको छ । यो समेतगरी यहाँ कोरोना भाइरसको संक्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २७ हजार सात सय २३ पुगेको छ ।
कारोना भाइरसको संक्रमण भएदेखि यहाँ दुई करोड ५० लाखभन्दा बढी नागरिकमा संक्रमण भएको बताइएको छ ।