
कति छ आज सुनचाँदीको मूल्य ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । आज चाँदीको मूल्य १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।