
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ २ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२८ रुपैयाँ १३ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९३ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ २८ पैसा र बिक्रीदर ८२ रुपैयाँ ६५ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ २ पैसा र बिक्रीदर ९ रुपैयाँ ६ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा रहेको छ ।