
ह्वातै घट्याे आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज घटेकाे छ । आज चाँदीको मूल्य १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।