
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ४२ पैसा र बिक्री दर १३२ रुपैयाँ २ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२८ रुपैयाँ ४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ६३ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ७० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९ पैसा र बिक्रीदर ३६ रुपैयाँ २५ पैसा रहेको छ ।