
आजको विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री ?
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ४२ पैसा र बिक्री दर १३२ रुपैयाँ २ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ११ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८४ रुपैयाँ ८२ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ७ पैसा र बिक्रीदर ९ रुपैयाँ ११ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।