
अछाम १ मा भीम रावलले पाएनन् टिकट, झपटबहादुर बोहरा बने उम्मेदवार
काठमाडाैं । नेकपा एमालेले अछाम-१ मा प्रतिनिधि सभा निर्वाचनका लागि भीम रावलकाे ठाउँमा झपटबहादुर बोहरालाई टिकट दिने भएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले रावलको स्थानमा बोहरालाई उम्मेदवार बनाउने निर्णय गरिएको बताउँनुभयाे ।
२०७४ को निर्वाचनमा सो क्षेत्रबाट बाम गठबन्धनका उम्मेदवार भीम रावल विजयी हुनुभएकाे थियाे । उहाँले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वारलाई पराजित गर्नुभएकाे थियाे ।
गत महाधिवेशनमा उहाँले अध्यक्ष पदमा उम्मेदवारीसमेत दिनुभएकाे थियाे । यता बोहरा माओवादी केन्द्रबाट अछाम निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुनुहुन्थियाे । नेकपामा विभाजनसँगै मन्त्री पदबाट राजीनामा दिएर उहाँ माओवादी केन्द्र छाडेर एमालेको ओली समूहमा लाग्नुभएकाे थियाे ।